काठमाडौं, ११ मंसिर । पश्चिमी इन्डोनेसियाको सुमात्रा तट नजिक बिहीबार ६.६ म्याग्निच्युडको भूकम्प गएको संयुक्त राज्य भूगर्भीय सर्वेक्षण (यूएसजीएस) ले जनाएको छ ।
भूकम्प सिमेउलु टापुमा स्थानीय समय अनुसार बिहान ११ः५६ बजे करिब २५ किमि गहिराइमा गएको हो ।यूएसजीएस तथा हिन्द महासागर सुनामी चेतावनी केन्द्रका अनुसार हालसम्म कुनै पनि क्षति वा सुनामीको खतरा देखिएको छैन ।
इन्डोनेसियाली बीएमकेजीले पनि भूकम्प १० किमि गहिराइमा ६.३ म्याग्निच्युडको रहेको र यसले सुनामी उत्पन्न गर्ने सम्भावना नभएको जनाएको छ ।














