काठमाडौं, ११ मंसिर । कोशी प्रदेशका औषधी व्यवसायीहरूले औषधि ऐन २०३५ मा हालै गरिएको संशोधनलाई व्यावहारिक नभएको भन्दै विरोध प्रदर्शन थालेको छ ।
नवीकरण म्याद सकिएको भोलिपल्टदेखि नै १०० प्रतिशत जरिवाना र ३१ औँ दिनसम्म नवीकरण नगरे स्वचालित रूपमा संस्था खारेज हुने प्रावधान व्यवसायीका लागि गम्भीर चुनौती भएको उनीहरूको आरोप हो ।
सरकारले प्रतिक्रिया नदिएपछि संघले चरणबद्ध आन्दोलन घोषणा गरेको छ । मंसिर ११ देखि १६ सम्म मौन धर्ना, कालो झन्डा, पसल बन्द र विभागमा धर्नासहितका कार्यक्रम घोषणा गरिएको नेपाल औषधी व्यवसायी संघ कोशी प्रदेशका अध्यक्ष धनराज काफ्लेले जानकारी दिएका छन् ।














