काठमाडौं, ११ मंसिर । महोत्तरीका जेनजी युवाहरूले नागरिक सरोकारका मुद्दा उठाउँदै प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र प्रादेशिक अस्पताल जलेश्वरका निमित्त प्रमुख डा. विकासकुमार साहलाई छुट्टाछुट्टै रूपमा ११ बुँदे ज्ञापनपत्र बुझाएका छन्।
समूहले जलेश्वर नगरपालिका र प्रादेशिक अस्पतालसँग सम्बन्धित विषयमा फोहर व्यवस्थापन सुधार, मणिपाल जग्गा प्रकरणमा पारदर्शिता, सार्वजनिक सरोकारका मुद्दा समाधान, हाटबजार ठेक्का प्रक्रियामा पारदर्शिता र सडक मर्मतमा ध्यान दिन माग गरेका छन्।
सिडिओ यादवले ज्ञापनपत्र सम्बन्धित निकायमा पठाइने आश्वासन दिएका छन् भने अस्पताल प्रमुख साहले सम्भव भएसम्म मागअनुसार काम अघि बढाइने बताएका छन्।














