काठमाडौं, ११ मंसिर । जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष अशोककुमार यादवले पार्टी परित्याग गरेका छन् ।
विज्ञप्ति जारी गर्दै उनले मधेस–केन्द्रित दलबाट प्रदेशको विकास र अधिकार सुनिश्चित नहुने निष्कर्ष निकालेपछि आजदेखि अध्यक्ष पद र साधारण सदस्य दुवैबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
केही समययता विभिन्न विवादमा तानिएका यादव सर्लाहीबाट मधेस प्रदेश सभामा निर्वाचित भइसकेका छन् । प्रचण्ड नेतृत्वको नवगठित नेकपामा प्रवेशका लागि उनले जसपा छाडेको नेकपाका एक नेताले बताएका छन् ।















