काठमाडौं, ८ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई १३६ रनको लक्ष्य दिएको छ ।
टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १३५ रन बनायो । विराटनगरका लागि शिवम रन्जानेले सर्वाधिक ३७ रन बनाए ।
बसिर अहमद ३६, ओपनर लोकेश बम २८, जर्ज मुन्से १०, गप्टिल मार्टिन १३ र नारायण जोशी २ रनमा आउट भए । बलिङ जनकपुरका संगित कुरे र रुपेश सिंह २–२ र आदित्य मेहताले एक विकेट लिए ।














