काठमाडौं, ७ मंसिर । रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नेपाल, अशोक राई नेतृत्वको जनता समाजवादी र राजेन्द्र महत्तो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालले आगामी चुनाव एउटै चिह्नमार्फत लड्ने सहमति गरेका छन् ।
साझा चुनाव चिह्न नाउपा नेपालको नेपालको चुनाव चिह्न चकिया (जाँतो) प्रयोग गर्ने सहमति भएको रेशम चौधरीले बताए । तीनवटै पार्टी हालै पुनर्गठन भएका हुन् ।
नागरिक उन्मुक्ति पार्टी विभाजन गरेर चौधरीले नयाँ पार्टी गठन गरेका हुन् । त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीबाट अलग भएर महत्तोले पनि नयाँ पार्टी बनाएका हुन् ।














