काठमाडौं, ७ मंसिर । प्रगतिशील लोकतान्त्रिक पार्टीको एकता घोषणा सभाको अध्यक्षता सन्तोष परियारले गर्ने भएको छ ।
आज दिउँसो १२:३० बजे राष्ट्रिय सभागृहमा हुने कार्यक्रममा दुर्गा सोबले सञ्चालन गर्ने र सुदन किराँतीले स्वागत मन्तव्य दिनेछन् ।
जसपा (नयाँशक्ति), प्रगतिशील लोकतान्त्रिक पार्टी र सन्तोष परियार समूहबीच एकता घोषणा हुने कार्यक्रममा पार्टीको नीति, नेतृत्व र कार्यक्रम सार्वजनिक गरिने बताइएको छ ।
एकता पछिको कार्यकारी संरचनामा अध्यक्ष परिषद गठन गर्ने तयारी समेत छ ।














