काठमाडौं, ५ मंसिर । प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा हालसम्म ३७ दल दर्ता भएका छन् ।
देश विकास पार्टी, रास्वपा, जसपासहित विभिन्न दलले दर्ता गरे पनि नेपाली कांग्रेस र नेकपा एमालेले भने अझै दर्ता गराएका छैनन् ।
आयोगका अनुसार जम्मा १२६ दलमध्ये ३७ ले प्रतिनिधिसभा चुनाव लड्न दर्ता गरेका हुन् र ३० दल दर्ता प्रक्रियामा छन् । दल दर्ताको अन्तिम म्याद मंसिर १० तोकिएको छ ।
फागुन २० सम्म १८ वर्ष पूरा हुने मतदाताको विवरण मंसिर २० मा प्रकाशन हुने र त्रुटि सच्याउने समय मंसिर २१–२७ रहनेछ । अन्तिम मतदाता नामावली पुस १५ मा सार्वजनिक हुनेछ ।
निर्वाचन सुरक्षादेखि व्यवस्थापनसम्मका कार्ययोजना अनुसार तयारी भइरहेको आयोगले जनाएको छ ।












