काठमाडौं, ५ मंसिर । बंगलादेशमा भूकम्पको शक्तिशाली धक्का महसुस भएको छ ।
स्थानीय समय अनुसार आज बिहान १० बजेर ४० मिनेटमा भूकम्पको धक्का महसुस भएको छ । अमेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्पको तीव्रता ५.५ म्याग्निच्युड मापन भएको छ ।
भूकम्पको धक्का भारतको कलकत्तासम्म महसुस भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।












