काठमाडौं, ४ मंसिर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता संख्या ३३ पुगेको छ ।
बुधबारसम्म २५ दल दर्ता भएका थिए भने बिहिवार थप ८ दल दर्ता भए । नयाँ दर्ता हुनेमध्ये जनप्रजातान्त्रिक पार्टी नेपाल, विकासशील जनता पार्टी, राष्ट्रिय नागरिक पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय परिवर्तन पार्टी, नेपाल कम्युनिष्ट पार्टी (पुष्पलाल), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राष्ट्रिय एकता दल छन् ।
आयोगका अनुसार प्रतिनिधि सभा निर्वाचनका लागि मंसिर १० र राष्ट्रिय सभाका लागि मंसिर ७ भित्र दर्ता सक्नुपर्नेछ। आज राष्ट्रिय सभा निर्वाचनका लागि कुनै नयाँ दल दर्ता भएन ।












