काठमाडौं, ४ मंसिर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मतदाता नामावली दर्ताको समय अब १ दिन मात्र बाँकी छ ।
निर्वाचन आयोगका अनुसार मंसिर ५ सम्म नाम लेखाउन सकिनेछ । काठमाडौं उपत्यकामा बसोबास गर्ने बाहिरी जिल्लाका नागरिकलाई आफ्नै जिल्लामा गएर नाम दर्ता गर्न शिक्षामन्त्री महावीर पुनले आग्रह गरेका छन् ।
उनले युवा नेतृत्वलाई अघि बढाउन मतदाताले सचेत निर्णय गर्नुपर्ने बताउँदै सामाजिक सञ्जालमार्फत अपील गरेका छन् ।














