सप्तरी, १९ असोज । सप्तकोशी नदीको जलस्तर खतराको रेखा पार गरेपछि कोशी व्यारेजका ५६ वटै ढोका खोलिएको छ ।
अत्यधिक पानीको बहावका कारण भारी सवारी साधन (हेभी गाडी) को आवतजावतमा रोक लगाइएको सुनसरी प्रहरी प्रमुख एसपी केशवकुमार थेवेले जनाएका छन् ।
साना र मझौला सवारीका लागि भने आवतजावत खुला रहेको उनले बताए । आइतबार अपराह्नदेखि सुरु भएको भारी वर्षाले कोशी क्षेत्रका पहाडी जिल्ला र तराईमा बाढीको जोखिम बढाएको छ ।
व्यारेजका ढोका खुला भएपछि भारतको बिहार राज्यको सुपौल जिल्ला पूरै र अररिया जिल्लाको केही भागमा बाढी पसिसकेको छ ।
भीमनगर, वीरपुर, बसमतिया जस्ता नेपाल–भारत सिमाका बस्तीहरू उच्च जोखिममा छन् ।














