काठमाडौं, १९ असोज । अविरल वर्षाका कारण अवरुद्ध भएको बीपी राजमार्ग छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको सरकारको भनाइ छ ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात, तथा शहरी विकासमन्त्री कुलमान घिसिङले बीपी राजमार्गको भकुण्डेवेशी–नेपालथोक खण्ड यथासक्य चाँडो सुचारु गरिने जनाएको छ ।
भौतिक पूर्वाधार मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री घिसिङले भने, “भकुण्डेवेशी–नेपालथोक खण्डमा काम सुरु भइसकेको छ ।
तीनदेखि चार दिनभित्र सडक सञ्चालनमा ल्याउने योजना बनाएका छौं । सकेसम्म त्योभन्दा पनि चाँडो खोल्ने प्रयास भइरहेको छ ।”
उनका अनुसार बीपी राजमार्गका साथै मेची राजमार्ग पनि यथासक्य छिटो सञ्चालनमा ल्याउन अवरोध हटाउने र डाइभर्सन निर्माणको काम तीव्र गतिमा भइरहेको छ ।














