काठमाडौं, १८ असोज । काठमाडौँको टेकुस्थित सुकुम्बासी बस्तीमा बाढी पसेको छ ।
गएरातिदेखि परेको अविरल वर्षाका कारण बागमती नदीमा पानीको बहाव बढेसँगै सुकुम्बासी बस्तीमा बाढी पसेको छ, भने पहिरोका कारण देशका मुख्य राजमार्ग अवरुद्ध छन् ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका सवारी साधन सञ्चालनमा असोज २० गतेसम्म रोक लगाएको छ भने सरकारले आइतबार र सोमबार सार्वजनिक बिदा दिएको छ ।














