जनकपुर, १७ असोज । धनुषा जिल्लाको देवपूरा रुपैठामा आज दुर्गा मूर्ति विसर्जनका क्रममा हिन्दू र मुस्लिम समुदायबीच झडप भएको छ ।
प्रत्यक्षदर्शीका अनुसार विसर्जनको क्रममा जुलुस मुस्लिम बस्ती हुँदै जाँदै गर्दा ढुंगामुढा सुरु भएको थियो । झडपलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले आश्रुग्यास प्रहार गरेका थिए ।
झडपपछि सम्पूर्ण क्षेत्रमा अवस्था तनावग्रस्त बनेको छ भने ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
स्थानीय स्रोतका अनुसार, मूर्ति विसर्जनको मार्गबारे अघिल्लो वर्षदेखि नै विवाद रहँदै आएको थियो ।
अवस्था बिग्रेपछि स्थानीय प्रशासनले त्यस क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ । साँझ६:३० बजेदेखि वडा नम्बर २० को विभिन्न स्थानभित्र कर्फ्यू आदेश जारी गरिएको छ।














