KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

‘बेटी पढाऔँ, बेटी बचाऔँ’ कार्यक्रम स्थगित, हजारौं बालिका असरमा

‘बेटी पढाऔँ, बेटी बचाऔँ’ कार्यक्रम स्थगित, हजारौं बालिका असरमा

जनकपुर, १७ असोज । महिला सशक्तीकरण र बालिका शिक्षाको प्रवद्र्धनका लागि सात वर्षअघि सुरु गरिएको ‘बेटी पढाऔँ, बेटी बचाऔँ’ योजना अन्तर्गत सञ्चालित छोरी शिक्षा बीमा कार्यक्रम बजेट अभावका कारण यो वर्ष स्थगित गरिएको छ ।

मधेस प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२÷८३ को बजेटमा उक्त कार्यक्रमका लागि कुनै पनि रकम विनियोजन नगरेपछि कार्यक्रम रोकिएको हो ।

शिक्षा विकास निर्देशनालय अन्तर्गत सञ्चालित यस कार्यक्रमले आर्थिक रूपमा कमजोर वर्गका छोरीहरूलाई शिक्षा जारी राख्न प्रेरणा मिलोस् भन्ने उद्देश्य लिएको थियो ।

योजना अनुसार प्रत्येक छोरीको नाममा बीमा गरिने र बीमा अवधि पूरा भएपछि रकम शिक्षामा उपयोग गर्न सकिने व्यवस्था थियो । कार्यक्रमका संयोजक प्रियंका यादवका अनुसार हालसम्म कुल १४,४५३ जना छोरीहरूको बीमा गरिएको छ ।

तीमध्ये धेरैको बीमा प्रिमियम तिर्न बाँकी नै छ । यादवका अनुसार करिब १० हजार जना छोरीको बीमा प्रिमियम अझै बाँकी रहेको छ । बीमा योजनामा सहभागी गराउन एक जनाको लागि रु ३७,४५७ प्रिमियम लाग्छ ।

तर आर्थिक वर्ष २०७५÷७६ देखि २०८०÷८१ सम्मको तथ्यांक हेर्दा बीमा हुने संख्यामा उतारचढाव देखिएको छ ।
२०७५÷७६ – ५,६६६ जना
२०७८÷७९ – १,७०२ जना
२०७९÷८० – ३,३०२ जना
२०८०÷८१ – ३,७८३ जना
यस कार्यक्रम स्थगित भएपछि बालिकाहरूको शिक्षामा पर्ने प्रभाव र योजनाको दीर्घकालीन उद्देश्यप्रति सरकारको प्रतिबद्धता माथि प्रश्न उठ्न थालेको छ ।

स्थानीय सामाजिक अभियन्ता र अभिभावकहरूले यथाशीघ्र बजेटको व्यवस्था गरेर कार्यक्रम पुनः सञ्चालन गर्न माग गरेका छन् ।

Facebook Comment

Related Posts

स्वदेशी विद्वान्लाई बेवास्ता गर्दै विदेशी लेखकलाई महत्त्व दिइन्छ : ओली

स्वदेशी विद्वान्लाई बेवास्ता गर्दै विदेशी लेखकलाई महत्त्व दिइन्छ : ओली

निजी क्षेत्र बलियो नभई राज्य समृद्ध हुँदैन : सभामुख अर्याल

निजी क्षेत्र बलियो नभई राज्य समृद्ध हुँदैन : सभामुख अर्याल

गोलबजारका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

गोलबजारका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच शिष्टाचार भेटवार्ता

शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच शिष्टाचार भेटवार्ता

साउनयता २०७ राजपत्राङ्कितसहित ४६४ कर्मचारीको राजीनामा स्वीकृत

साउनयता २०७ राजपत्राङ्कितसहित ४६४ कर्मचारीको राजीनामा स्वीकृत

युवालाई संगठनमा जोड्दै राष्ट्रिय मुद्दा बनाउनुपर्छ : प्रदीप पौडेल

युवालाई संगठनमा जोड्दै राष्ट्रिय मुद्दा बनाउनुपर्छ : प्रदीप पौडेल

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar