जनकपुर, २ असोज । जनमत पार्टीले मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहलाई ३ दिन भित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।
जनमतका केन्द्रीय उपाध्यक्ष ई. नरेन्द्र प्रसाद चौधरीले मुख्यमन्त्री सिंहलाई ३ दिन दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएका हुन् ।
जनमत पार्टी मधेश प्रदेश संसदीय दलले मधेश प्रदेशको सरकारमाथि विश्वास नरहेको भनी जनमत पार्टी मधेश सरकारबाट बाहिरिने र मुख्यमन्त्रीसहितका आफ्नो पार्टीका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरी मुख्यमन्त्रीसहित मन्त्रीहरूलाई मधेश प्रदेश सरकारबाट राजीनामा दिन निर्देशन दिँदा राजीनामा नदिएर अवहेलना गरेको भन्दै स्पष्टीकरण सोधिएको हो ।
मुख्यमन्त्री सिंहले पार्टीको निर्देशन अवज्ञा गर्दै अरू पार्टीहरूसँग साँठगाँठ गरी पार्टीको हित विपरितका गतिविधिमा संलग्न भएको र पार्टीमा आघात हुने गरी कार्य गरेको जनमतले आरोप लगाएको छ । 














