काठमाडौं, २ असोज । डा. सीके राउत नेतृत्वको जनमत पार्टीमा ठूलो विभाजन भएका छन् ।
पार्टीका ६ जना केन्द्रीय नेताहरूले आजैको मितिबाट साधारण सदस्यता समेत त्याग्दै पार्टी परित्याग गरेका छन् ।
हिजो मात्रै पार्टी अध्यक्ष राउतलाई २४ घण्टाभित्र राजीनामा दिन अल्टिमेटम दिएका ती नेताहरूले आज पत्रकार विज्ञप्ति जारी गर्दै पार्टी छोडेको घोषणा गरेका हुन् ।
पार्टी छाड्ने नेताहरूमा उपाध्यक्ष अब्दुल खान, प्रवक्ता डा. शरदसिंह यादव, युवा संघका केन्द्रीय संयोजक सीके सिंह, सुदूरपश्चिम इञ्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद सदस्य विक्रमबहादुर बम रहेका छन् ।
अल्टिमेटमपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै अध्यक्ष राउतले ‘पार्टीलाई नयाँ मोड दिने बेला आएको छ’ भनेका थिए ।
पार्टी छाड्ने निर्णयबारे प्रवक्ता यादवले भने, ‘हामी नयाँ पार्टी खोल्ने तयारीमा छैनौं, केवल उहाँलाई सहजता होस् भन्ने हेतुले पार्टी छोडेका हौं ।’














