काठमाडौं, २४ भदौं । बूढानीलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरिरहेका छन् ।
ठूलो संख्याका प्रदर्नशकारी उनका विरूद्ध नाराबाजी पनि गरिरहेका छन् ।
अहिले त्यस क्षेत्रमा धुँवाको ठूलो मुस्लो निस्किरहेको छ । तीन–चार राउन्ड गोलीको आवाज निस्किएको स्थानीय बासीले बताएका छन् ।














