जनकपुर, २३ भदौ । मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा ढुंगामुढा प्रहार भएको छ ।
मंगलबार बिहानैबाट प्रदर्शनमा उत्रिएका युवाहरूले केहीबेरअघि मुख्यमन्त्री कार्यालयमा ढुंगामुढा गरेका हुन् । सोमबार भएको प्रदर्शनका क्रममा देशभरबाट १९ जनाले ज्यान गुमाएका थिए ।
आज पुनः देशभर प्रदर्शन जारी छ । प्रदर्शन थप आक्रामक बन्दै गइरहेको छ ।














