काठमाडौं, २९ साउन । नेपाल सद्भावना पार्टी पुनर्गठन भएका छन् ।
नेसपाको नेता अनिल कुमार झाले सद्भावना पार्टी पुनर्गठन गरेको हो । उनले पुनर्गठन गरेको पार्टीलाई हिजोमात्रै निर्वाचन आयोगले मान्यता दिएको छ ।
मधेशवादी ६ वटा दल एकीकरण हुँदा सद्भावना पार्टी ०७४ सालदेखि निष्क्रिय थियो ।
झा २०७४ सालको चुनावमा रौतहट क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । झा खानेपानीमन्त्री समेत भए । २०७९ को चुनावमा भने उनी पराजित भएका थियो ।














