KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

संघर्षशील शक्तिहरूबीच नयाँ राजनीतिक समिकरणको संकेत ?

संघर्षशील शक्तिहरूबीच नयाँ राजनीतिक समिकरणको संकेत ?

काठमाडौं, २६ साउन। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच आज बिहान ललितपुरको हात्तीवनस्थित श्रेष्ठ निवासमा भेटवार्ता भएको छ ।

भेटका क्रममा दुबै नेताबीच वर्तमान राजनीतिक अवस्था, समावेशी लोकतन्त्रको संरक्षण, र संघीयताको सुदृढीकरणबारे गम्भीर समीक्षा गरिएको श्रेष्ठको सचिवालयले जानकारी दिएको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवादउन्मुख समावेशी लोकतन्त्रको संरक्षण तथा सुदृढीकरणका लागि संघर्षरत शक्तिहरूको भूमिका र यथास्थितिको अन्त्य गर्दै समृद्ध नेपाल निर्माणतर्फ अघि बढ्न आवश्यक कदमबारे छलफल भयो ।

भेटवार्तामा संघर्षशील शक्तिहरूबीचको एकता, आ–आफ्ना कमजोरीप्रति आत्मालोचना, र नयाँ राजनीतिक पहलको खाँचोबारे पनि विचारविमर्श गरिएको जनाइएको छ । तर, यसभित्र केही विरोधाभासपूर्ण दाबी पनि देखिएका छन्।

जसपा अध्यक्ष यादवले भने उक्त भेटलाई राजनीतिक भन्दा पनि “सामान्य भेटघाट“को रूपमा वर्णन गरेका छन्। नेपालखबरसँग कुराकानी गर्दै यादवले भने, “उहाँ मेरो छिमेकी हो। म पनि हात्तीवनमै बस्छु। हामीबीच सामान्य भेटघाट मात्रै भएको हो। कुनै राजनीतिक छलफल भएको छैन ।

यसरी सचिवालयको गम्भीर राजनीतिक छलफलको दाबी र यादवको सामान्य शिष्टाचारिक भेटको दाबीबीच विरोधाभास देखिएको छ, जसले यो भेटलाई लिएर राजनीतिक वृत्तमा अनेक अड्कलहरू जन्माएको छ ।

नारायणकाजी श्रेष्ठ हालै नेकपा महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’, नेकपा (कीकृत समाजवादी) का महासचिव घनश्याम भुषाल र वरिष्ठ नेता झलनाथ खनालसँग पनि छुट्टाछुट्टै भेटवार्तामा संलग्न भइसकेका छन्। यसले आगामी राजनीतिक पुनःगठनका सम्भावनाबारे नयाँ बहस उत्पन्न गराएको छ ।

Facebook Comment

Related Posts

नेपाल प्रहरीको नेतृत्व परिवर्तन, कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा जिम्मेवारी

नेपाल प्रहरीको नेतृत्व परिवर्तन, कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा जिम्मेवारी

म्याक्सवेलको क्रिकेट यात्रा समाप्त, यी हुन् उनका उत्कृष्ट प्रदर्शन

म्याक्सवेलको क्रिकेट यात्रा समाप्त, यी हुन् उनका उत्कृष्ट प्रदर्शन

रौतहटमा अज्ञात समूहको गोली प्रहारबाट युवक गम्भीर घाइते

रौतहटमा अज्ञात समूहको गोली प्रहारबाट युवक गम्भीर घाइते

प्रवासी नेपालीको पूँजी र सीपलाई राष्ट्रिय विकासमा जोड्न भण्डारीको आग्रह

प्रवासी नेपालीको पूँजी र सीपलाई राष्ट्रिय विकासमा जोड्न भण्डारीको आग्रह

बझाङमा जिप दुर्घटना : दुई जनाको मृत्यु, ६ जना घाइते

बझाङमा जिप दुर्घटना : दुई जनाको मृत्यु, ६ जना घाइते

दक्षिणकाली मन्दिरमा राष्ट्रपति पौडेलले गरे पूजाअर्चना

दक्षिणकाली मन्दिरमा राष्ट्रपति पौडेलले गरे पूजाअर्चना

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar