धनगढी, २४ साउन । कैलाली जिल्ला कारागारमा फेरि झडप भएको छ ।
झडपमा एक जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । घटनामा धनगढी–४ का भरत चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी राजकुमार सिंहले जानकारी दिए ।
शुक्रबार राति ११ बजेको समयमा झडप भएको थियो । झडपका क्रममा सख्त घाइते भएका चौधरीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पु¥याइएको थियो ।
उनको त्यही मृत्यु भएको हो । मृतक ४० वर्षीय चौधरी लागुऔषधि मुद्दामा थुनामा थिए । उनको शव सोही अस्पतलाको शवगृहमा राखिएको छ ।
घटनामा घाइते भएका मध्ये ३ जनाको अवस्था गम्भीर छ । उनीहरु सबैको सेती प्रादेशिक अस्पतालमै उपचार भइरहेको डीएसपी सिंहले बताए । बिहीबार पनि कारागारमा झडप भएको थियो ।
उक्त झडपमा ५ जना घाइते भएका थिए ।














