काठमाडौं, २३ श्रावण । लागुऔषध नियन्त्रण ब्यूरोको विशेष टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान जान लागेकी एक ब्राजिलियन महिलालाई करिब २ किलो कोकिनसहित पक्राउ गरेको छ ।
विमानस्थलको प्रस्थान कक्ष अगाडि प्रहरीले उनको गतिविधि शंकास्पद देखेपछि तलासी गर्दा उनले लगाएको कालो रंगको ब्रा भित्र तरल अवस्थामा राखिएको १ केजी ९५० ग्राम कोकिन फेला परेको छ ।
प्रहरीका अनुसार उक्त लागुऔषध उनले ब्राजिलबाट ल्याई नेपाल हुँदै भुटान पु¥याउने योजना थियो। फेला परेको कोकिन अन्तर्राष्ट्रिय बजारमा करोडौं रुपैयाँ मूल्य बराबरको हुने अनुमान छ ।
काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी हाल अनुसन्धान जारी रहेको ब्यूरोले जनाएको छ ।














