काठमाडौं, २२ साउन । सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका रवि लामिछानेले आफ्नो भागको बिगो बापत बैंक जमानत अदालतमा बुझाएका छन् ।
आफूलाई थुनाबाहिर राख्न माग गर्दै तीन दिन पहिले निवेदन दिएका उनले अदालतमा आफ्नो भागको बिगो बापतको बैंक जमानत पनि पेस गरेका हुन् ।
सुप्रिम सहकारी ठगीका अभियुक्त लामिछानेले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत पनि पेश गरिसकेको लामिछाने निकट स्रोतले जानकारी दिएको छ ।
उहाँले निवेदनसँगै आफ्नो भागको बिगो बापतको बैंक जमानत पनि बुझाइसक्नु भएको छ,’ स्रोतले भन्यो, ’उहाँले आफू निर्दोष रहे पनि फासाइएको र सहकारी पीडितका लागि आफ्नो भागको बिगो बापतको रकम तिर्न तयार रहेको बताउनु भएको छ ।
तर इजलासको कुरा रह्यो यस विषयमा के हुन्छ भन्ने । उनले निवेदनमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम बैंक जमानत लिई यही ऐनको दफा ७१ बमोजिम थुनामुक्त गर्न आदेश माग गरेका छन् ।














