काठमाडौं, २० साउन । बागमती प्रदेशमा मु्ख्यमन्त्री इन्द्रबहादुर बानियाँ नियुक्त भएका छन् ।
बानियाँ ११० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेस र नेकपा एमाले गरी कुल ६४ जना सांसदको समर्थनमा मुख्यमन्त्रि बनेका हुन् ।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बानियाँलाई मंगलवार मुख्यमन्त्रीमा नियुक्त गरेको छ ।
नेपाली कांग्रेस बागमती प्रदेश समिति सभापतिसमेत रहेका मकवानपुर निवासी बानियाँ बागमतीको छैठौं मुख्यमन्त्री बनेका छन् ।
बानियाँ भन्दा अगाडि पाँच जना डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, शालिकराम जम्कट्टेल र बहादुरसिंह लामा बागमती प्रदेशको मुख्यमन्त्री रहेको थियो ।
मकवानपुरबाट मुख्यमन्त्री हुने बानियाँ दोस्रो हुन् ।














