विराटनगर, २० असार । विराटनगर बसपार्कमा शुक्रबार रोकिराखेको म्याजिक जिपमा अचानलक आगो लागेको छ ।
स्थानीयका अनुसार को १ ज ३०२३ नम्बरको म्याजिक जिपमा आफैँ दनदनी आगो सल्किएको हो । शुक्रबार बिहान विराटनगरमा रोकिराखेको म्याजिक गाडीमा आगलागी भएको हो ।
विराटनगर बसपार्कको पूर्वतर्फ जाने बाटोमा रोकिराखेको म्याजिक ब्यान्डमा एक्कासि आगो लागेको प्रहरीले जनाएको छ ।














