काठमाडौँ, १९ फागुन । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठक सुरु भएको छ ।
आइतबारदेखि सुरु भएको बैठकमा जनतासँग जसपा जागरण अभियानको समीक्षा चलिरहेको छ । अभियानमा खटेका केन्द्रीय सदस्यहरूले आआफ्नो रिपोर्टिङ गरिरहेका छन् भने आइतबार नै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक तथा सांंगठनिक प्रतिवेदन पेस गरेका थिए ।
अभियानबारे आफ्नो धारणा राखिसकेपछि अध्यक्ष यादवले प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनको बारेमा सदस्यहरूले आफ्नो धारणा राख्ने पार्टीका महासचिव लालबाबु राउतले बताएका छन ।