KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

अनुसन्धान पद्धतिलाई आवश्यकता अनुसार वैज्ञानिक बनाउँनुपर्छ : मुख्यमन्त्री सिँह

अनुसन्धान पद्धतिलाई आवश्यकता अनुसार वैज्ञानिक बनाउँनुपर्छ : मुख्यमन्त्री सिँह

जनकपुर, १३ फागुन । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले अपराध अनुसन्धान पद्धतिलाई गुणस्तरीय, प्रभावकारी र परिणाममुखी बनाउन आधुनिक प्रविधिकोे अधिकतम उपयोग गरिनुपर्ने बताएका छन् ।

नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग एवम् मधेश प्रहरी कार्यालय जनकपुरधामद्वारा जनकपुरधाममा मंगलबार आयोजित अपराध अनुसन्धानसम्बन्धी समस्या र समाधान विषयक प्रदेशस्तरीय समीक्षा गोष्ठीमा उनले अपराध अनुसन्धानको सुक्ष्मता, सघनता, तीव्रता र तटस्थताबाट मात्र सही न्याय निरूपणका लागि ठोस तथा निश्चयात्मक आधार तय हुने हुँदा प्रहरीले अनुसन्धान पद्धतिलाई आवश्यकताअनुसार वैज्ञानिक बनाउँदै जानुपर्ने औंल्याए ।

उनले समयक्रमसँगै अपराधका प्रकृति र आयाममा बदलाव आउँदै गएको र यसले अनुसन्धान कार्यलाई निकै जटिल बनाएको हुँदा अनुसन्धान कार्यमा उपलब्ध प्रविधिको उपयोगबाट सही विश्लेषण प्राप्त हुनेगरी प्रहरी जनशक्तिलाई दक्ष बनाउनुपर्ने उल्लेख गरे ।

उनले अनुसन्धानमा चुक हुँदा निर्दोष व्यक्तिले सजाय पाउने तथा दोषीले उन्मुक्ति पाउने दुर्भाग्यपूर्ण अवस्था निम्तिने जोखिम रहेको भन्दै त्यस स्थितिबाट पार पाउन अपराध अनुसन्धानका लागि कानुनद्वारा निर्धारित नेपाल प्रहरीलाई थप सशक्त बनाउनुपर्ने बताए ।

मुख्यमन्त्री सिँहले भने, “प्रदेश सरकार प्रहरीलाई साधनस्रोत सम्पन्न बनाउन प्रतिबद्ध छ ।” शान्तिसुरक्षा तथा अमनचयन कायम गर्न नेपाल प्रहरीका लागि निर्धारित भूमिकालाई अझ बलियो, बिस्तारित र सक्षम बनाउन प्रदेश सरकारको संवैधानिक दायित्व नै भएको चर्चा गर्दै उनले मधेश प्रदेशका आठवटै जिल्लामा भइरहेका अपराधका अनुसन्धान प्रक्रियाका बारेमा गहन विमर्श गरी विद्यमान कमीकमजोरी हटाउन मजबुत प्रयास हुुनुपर्ने बताए ।

उनले भने, “सबै जिल्लाका अपराधसम्बन्धी तथ्याङ्क एक ठाउँमा ल्याउनुस्, तिनमा भएका अनुसन्धानका सबै पाटा केलाउनुस् अनि प्रगतिमा देखिएका चुनौतीलाई सामना गर्न कार्यनीति बनाउनुस् ।

Facebook Comment

Related Posts

पक्राउपछि पौडेललाई कर्णाली प्रदेश तालिम केन्द्रमा राखिने

पक्राउपछि पौडेललाई कर्णाली प्रदेश तालिम केन्द्रमा राखिने

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

१८ केजी सुन चोरी प्रकरण : पीडितहरू बैंकको केन्द्रीय कार्यालयमा धर्नामा

१८ केजी सुन चोरी प्रकरण : पीडितहरू बैंकको केन्द्रीय कार्यालयमा धर्नामा

यसै साता सार्वजनिक हुन सक्छ कक्षा–१२ को नतिजा

प्रदेशबाट एसईई सञ्चालन गर्न ३५ करोड बजेट विनियोजन

रास्वपामा नामावली सच्याउने चटारो, बन्दसत्र अझै सुरु भएन

दिनभर प्रतीक्षापछि रास्वपा बन्द सत्र स्थगित

ई–पासपोर्ट खरिद प्रकरणमा चार मुख्य विषयमा अनुसन्धान

राहदानी छपाइ प्रकरणमा आरजुसहितविरुद्ध मुद्दा

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar