जनकपुरधाम, ९ फागुन । मधेसका गृह तथा सञ्चार मन्त्री राजकुमार लेखीले सिरहा नवराजपुरकी रिंकु सदाय मृत्यु प्रकरणका आरोपीहरू छिट्टै पक्राउ पर्ने दाबी गरेका छन् ।
मन्त्री लेखीले आज बिहान पत्रकार सम्मेलन गरी घटनामा संलग्नहरूलाई पक्राउ गर्न प्रहरी परिचालन भइसकेको र छिट्टै पक्राउ पर्ने दाबी गरे ।संलग्नहरू र रकमको बार्गेनिङ गर्नेहरू विरुद्ध पीडित परिवारले पूरक जाहेरी दिएको बताएका छन । उनले पूरक जाहेरीले अब प्रहरीलाई अनुसन्धान तथा कारबाही गर्न सजिलो भएको सुनाए ।
मृतककी आमा सीतादेवीले बिहीबार इलाका प्रहरी कार्यालय लहानमा कर्तव्य ज्यान, जबरजस्ती करणी, शरीर बन्धक र मिलापत्र लेनदेन कसुरमा पञ्चसहित आठजनाविरुद्ध पूरक जाहेरी दिएकी छिन् ।