काठमाडौं, ९ फागुन । नेकपा (एकीकृत समाजवादी)ले पार्टीभित्रका नेता कार्यकर्ताका लागि आचारसंहिता जारी भएको छ ।
ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा शुक्रबारदेखि सुरू भएको केन्द्रीय समितिको पूर्ण बैठकमा अध्यक्ष माधवकुमार नेपालले पार्टीका नेता कार्यकर्ताहरूका लागि १३ बुँदे आचारसंहिता प्रस्तुत गरेका हुन् ।
आचारसंहितामा पार्टीको मार्गदर्शक सिद्धान्त, मूल्यमान्यतादेखि आचारण, नैतिकता र व्यवहार कस्तो हुनुपर्ने भन्ने निर्धारण गरेको छ । नेता कार्यकर्ताहरूलाई श्रमको सम्मान गर्ने, श्रम शोषण नगर्ने, आफै पनि श्रम गर्नुपर्ने भनिएको छ ।
नेता कार्यकर्ताहरूले कम्युनिष्ट नैतिकता प्रदर्शन गर्नुपर्ने पनि आचारसंहितामा भनिएको छ । विवाहहेत्तर र विवाहपूर्वको सम्बन्धलाई एकीकृत समाजवादीले अनैतिक कार्य भनेको छ ।