काठमाडौं, ८ फागुन । नागरिकता ऐन संशोधन विधेयकमा ३६ वटा संशोधन प्रस्ताव परेको छ ।
७२ घण्टाको संशोधन प्रस्ताव राख्ने समयसीमा भित्र सांसदहरूले ३६ वटा संशोधन पेश गरेको छ । सरकारले ल्याएको विधेयकमाथि गत आइतबार प्रतिनिधि सभामा सामान्य छलफल भएको थियो। सोमबार, प्रतिनिधि सभाले विधेयकमाथि विचार गरिने प्रस्ताव पारित गरेको थियो ।
यससँगै सांसदहरूलाई ७२ घण्टाभित्र संशोधन प्रस्ताव राख्ने समय दिइएको थियो ।














