काठमाडौँ, ५ फागुन । प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रमेश लेखकले असम्बन्धित विधेयक पेस गरेका छन् ।
सभामुख देवराज घिमिरेले उनलाई नेपाल प्रहरी विधेयक–२०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्न समय दिएकामा उनले नेपाल नागरिकता दोस्रो संशोधन विधेयक २०८१ माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेको हो ।
सरी लेखकले असम्बन्धित विधेयक पेस गरेपछि संसदमा केहीबेर सांसदहरूबिच खासखुस चल्यो तर सभामुखले यसबारे भेउ पाएनन् भने उनले सैद्धान्तिक छलफल अघि बढाए । तर, सांसद रामहरि खतिवडाले विधेयक फरक परेको बताए ।
गृहमन्त्रीले नागरिकता विधेयक भनेपनि त्यसलाई प्रहरी विधेयकको रूपमा अघि बढाउन आग्रह गरे । त्यसपछि घिमिरेले शब्द सच्याइएको भन्दै सदनको कारबाहीलाई अघि बढाए ।














