काठमाडौं, ४ फागुन । झापामा नेपाल प्रहरीका एक जना प्रहरी नायब निरीक्षक (सई) मृत भेटिएका छन् ।
मृत फेला पर्नेमा भोजपुर टेम्केमैयुङ गाउँपालिका घर भई हाल जिल्ला मोरङ कानेपोखरी गाउँपालिका–७ बस्दै आएका ४९ वर्षीय सई धनराज खतिवडा छन् । झापा भद्रपुर नगरपालिका–८ मा रहेको जिल्ला प्रहरी कार्यालय झापाको तीन तले ब्यारेकको माथिल्लो तलामा उनी मृत फेला परेको निमित्त सूचना अधिकारी विजय चौहानले जानकारी दिए ।
उनका अनुसार माथिल्लो तलाको पानी ट्यांकी जाने फलामको भ¥याङमा खतिवडा झुन्डिएको अवस्थामा फेला परेको जनाए । ‘शव आईतवार बिहानको हो । घटनाबारे परिवारलाई जानकारी दिइसकिएको छ’, चौहानले भने, ‘सो सम्बन्धमा अनुसन्धान कार्य जारी छ ।’
प्रहरीले मृतकका आफन्तलाई जानकारी गराएर कानुनी प्रक्रिया अघि बढाएको प्रहरी निरीक्षक चौहानले बताएको हो । घटनाको थप अनुसन्धान आउने बाकी रहेको छ ।