काठमाडौँ, ३० माघ । काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानीको मुख्य पाइप फुटेर जलमग्न भएको छ ।
काठमाडौं जिल्ला अदालत अगाडि पाइप फुटेपछि जलमग्न भएको हो। पाइप फुटेपछि अहिले त्यहाँ वरपर रहेका सरकारी कार्यालयसमेत डुबानमा परेका छन् ।
वन परिसर, विशेष अदालत, काठमाडौं जिल्ला अदालत लगायतका सरकारी कार्यालयमा बाढी पसेको छ । अदालतको पहिलो तलानै डुबाएको छ । डुबानको कारण अदालतको सेवा प्रभावित भएको छ । पाइप फुटेर सडक जलमग्न हुँदा सवारी आवागमन प्रभावित भएको छ ।












