हेटौँडा, ३० माघ । मकवानपुर प्रहरीले मकवानपुरबाट लागू औषध ब्राउन सुगर र अफिम सहित पाँच जनालाई पक्राउ गरेको छ ।
प्रहरीले हेटौँडा–१ झोलुङ्गे पुल नजिकबाट स–साना पुरिया बनाएर बिक्री वितरण गर्ने अवस्थामा रहेको ४ ग्राम २३० मिलिग्राम ब्राउन सुगर सहित तीन जनालाई पक्राउ गरेको हो ।
प्रहरीले खैरो हिरोइन सहित मकवानपुरगढी गाउँपालिका–४ सामरीका सवि गुरुङ, सुनवल घर भएर मकवानपुरगढी–५ बस्ने सुरजकुमार पाण्डे र हेटौँडा–१ का नवराज भट्टराईलाई पक्राउ गरेको जनाइएको छ ।
यसै गरी प्रहरीले २ किलो अफिम सहित दुई जनालाई हेटौँडाबाट पक्राउ गरेको छ । प्रहरीले अफिम सहित बारा कलैयाका १८ वर्षका दीपक शाह र शशी मुखियालाई प्रहरीले पक्राउ गरेको छ ।












