काठमाडौँ, २९ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमिसम्बन्धी अध्यादेशलाई साथ नदिने निर्णय गरेको छ ।
सिंहदरबारमा मंगलवार बसेको संसदीय दलको बैठकले ‘भूमिसम्बन्धी अध्यादेशमा वन क्षेत्रको जग्गा नोक्सान गर्ने, सार्वजनिक जग्गाको नोक्सान गर्ने प्रावधान रहेकाले भूमाफियालाई बढावा नदिनका लागि उक्त निर्णय गरिएको जनाएको छ ।
अन्य अध्ययादेशका विषयमा भने सकारात्मक रहने जसपाले जनाएको छ । सरकारले संसद् अधिवेशन नरहेका बेला विभिन्न ६ वटा अध्यादेश ल्याएको थियो ।
त्यसमध्ये भूमिसम्बन्धी अध्यादेश पनि एक हो। बैठकपछि जसपाले विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको छ ।














