KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

पूर्वडीआईजी छविलाल जोशी पुर्पक्षका लागि कारागार चलान

पूर्वडीआईजी छविलाल जोशी पुर्पक्षका लागि कारागार चलान

काठमाडौं, २८ माघ । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश भएको छ ।

रुपन्देही जिल्ला अदालतका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवाली का अनुसार सोमबार न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले जोशीलाई थुनामा पठाउने आदेश दिएको छ ।

यसअघि उनी काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दामा ५० लाख र पोखराको सूर्यदर्शन सहकारी ठगीको मुद्दामा ८८ लाख धरौटीमा रिहा भएका थिए ।

बुटवलमा पनि सुप्रिम सहकारी ठगीको अभियोग दर्ता भएपछि आफैँ अदालतमा उपस्थित भएका जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदहेश भएको हो ।

उनीविरुद्ध चितवनको सहारा सहकारी ठगीमा पनि मुद्दा दर्ता भइसकेको छ । यही मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामिछाने भने एक करोड धरौटी बुझाएर रिहा भएका थिए ।

सुप्रिम सहकारी ठगीमा २२ जनाविरुद्ध पूरकअभियोग दर्ता भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसहित २२ जनालाई प्रतिवादी बनाएर पूरकअभियोग दर्ता भए पनि लामिछाने र जोशी मात्रै अदालतमा उपस्थित भएका हुन् ।

पूरकअभियोगमा ५५ करोड रुपैयाँ बिगो कायम गरिएको छ। यसअघि गत वैशाखमा जीबी भन्ने गितेन्द्रबाबु राईसहित २८ जनालाई प्रतिवादी बनाएर सहकारी ठगीमा मुद्दा दर्ता भएको थियो ।

उनीहरूमध्ये १७ जनाविरुद्ध थप अभियोगसमेत दर्ता गरिएको छ । पूरकअभियोग र थप अभियोगसहित यो मुद्दामा जम्मा प्रतिवादी ४२ जना भएका छन् ।

पहिलो चरणको मुद्दामा ८६ करोड रुपैयाँ बिगो कायम गरिएको थियो। प्रतिवादी थप भएसँगै बिगो पनि झण्डै डेढ अर्ब पुगेको हो ।

Facebook Comment

Related Posts

संवैधानिक परिषद् र सहकारी अध्यादेश राष्ट्रपतिसमक्ष

संवैधानिक परिषद् र सहकारी अध्यादेश राष्ट्रपतिसमक्ष

काठमाडौँसहित देशभर वर्षा, पश्चिममा कम सम्भावना

काठमाडौँसहित देशभर वर्षा, पश्चिममा कम सम्भावना

कांग्रेसको भविष्य रणनीति तय गर्न देउवा पक्ष जुट्यो

कांग्रेसको भविष्य रणनीति तय गर्न देउवा पक्ष जुट्यो

पालिकाबाट भूमि प्रशासन सेवा सुरु गर्ने तयारी

पालिकाबाट भूमि प्रशासन सेवा सुरु गर्ने तयारी

इन्डोनेसियामा रेल ठोक्किँदा १४ जनाको मृत्यु, ८४ घाइते

इन्डोनेसियामा रेल ठोक्किँदा १४ जनाको मृत्यु, ८४ घाइते

गोल्छा हिरासत प्रकरणमा सर्वोच्चको कडा आदेश

गोल्छा हिरासत प्रकरणमा सर्वोच्चको कडा आदेश

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar