कञ्चनपुर , २८ माघ । कञ्चनपुरमा स्कुल बसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु भएको छ ।
आइतबार साँझ बेलडाँडी गाउँपालिका–३ खैरीखाटमा स्कुल बसको ठक्करबाट बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा बेलडाँडी गाउँपालिका–३ का मिनबहादुर कुँवरका छोरा २ वर्षीय सुशान्त कुँवर रहेका छन । बेलडाँडीबाट कलकत्ता जाँदै गरेको सु.प.प्र.०१–००१ ख ३६१० नम्बरको ज्ञानसाधना बोडिङ स्कुल पचुईको बसले बालकलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो भने बस प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक फरार छन् ।
उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।












