धनगढी, २१ मंसिर । कैलालीको गोदावरी नगरपालिकाकी १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ ।
मंसिर १८ गते गोदावरी नगरपालिका ९ को सेहरी जंगलमा बालिकामाथि सामूहिक बलात्कार भएको हो । बलात्कारको आरोपमा सोही ठाउँका १९ वर्षीय बिनोद खत्री र २४ वर्षीय नविन चौधरी पक्राउ परेका छन् ।
बालिकाको स्वास्थ्य परिक्षणका लागि सेती प्रादेशिक अस्पतालमा पठाइएको छ । आरोपितलाई ईलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा राखिएको पाण्डेले बताए ।












