काठमाडौं, २७ माघ । टेकुमा रहेको एक कबाड गोदाममा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ ।गोदाम भत्काउन पुगेका महानगर प्रहरीको टोलीसँग मजदुरहरूको झडपसमेत भएको छ ।
सो क्रममा केही मजदुर घाइते भएका छन् भने व्यवसायीहरूका अनुसार ३ जना घाइते भएको र उनीहरूलाई उपचारका लागि ट्रमा सेन्टर पु¥याइएको छ । कबाडी व्यवसायीहरूले आफूहरूलाई गरिखान दिनुपर्ने भन्दै निरन्तर महानगरको कदमको विरोध गर्दै आएका छन् ।