काठमाडौं, २५ माघ । झापाको बिर्तामोडमा रहेको एक होटलमा युवकको शव फेला परेका छन् ।
गएराति युवतीसँगै होटलमा बास बसेका युवकको शव फेला परेपछि प्रहरीले उनीसँगै बसेकी युवती र होटल सञ्चालक महिलालाई पक्राउ गरेको हो । बिर्तामोडको एभरेष्ट होटल एण्ड लजमा बास बसेका झापाकै हल्दीवारी–१ गोलधापका घर भएको ३० वर्षीय सागर बेस्राको शुक्रवार बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दियो ।
‘सागर गएराति सुनसरी घर भएकी २३ वर्षीया मुना बिकसँग सो होटलमा बास बसेका रहेछन्,’ डीएसपी चन्दले भनेको, ‘उनको मृत्यु भएपछि हामीले उनीसँगै बसेकी मुना र होटल सञ्चालक महिला यामकुमारी उप्रेतीलाई पनि नियन्त्रणमा लिएका छौँ।’
सागरसँगै बास बसेकी युवती सुनसरीको धरान–१५ घर भइ हाल झापामा बसोबास गर्दै आएकी थियो । डीएसपी चन्दका अनुसार ती युवती र युवक पतिपत्नी होइनन् । गएराति खाना खाएर उनीहरु सँगै सुतेका थियो । सागर राति कोठाभित्र बाथरुमको ढोकाको छेउमा लडेर बेहोस भएको अवस्थामा आफूले देखेको बयान युवती दिएकी छन् ।
त्यसपछि उनलाई युवती र होटल सञ्चालक महिलाले उपचारका लागि अस्पताल पुर्याएको थिए । चिकित्सकले जाँच गर्दा उनको पहिल्यै मृत्यु भइसकेको पाइएको डीएसपी चन्दले बताए । घटनाको सम्बन्धमा थप अनुसन्धान भईको डीएसपी चन्दले भनेको हो ।