काठमाडौँ, २३ माघ । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बिहीवार उपस्थित गराउने गरी चितवन प्रहरीको जिम्मा लगाइएको छ ।
चितवन जिल्ला अदालतले उनीसँग बिहीवार नै बयान लिएको र लगत्तै थुनछेक बहस भए पनि नसकिएकाले प्रहरीको जिम्मामा छाडिएको अदालतका स्रेस्तेदार विष्णुप्रसाद आचार्यले थाहाखबरलाई जानकारी दिनुभएको छ ।
उनले भने ’आज आदेश आएन, थुनछेक बहस नै बाँकी रहेकाले अदालतले भोलि विहान १० बजे उपस्थित गराउने गरी प्रहरीको जिम्मा लगाएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयको तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्याौपाने र सहायक न्यायाधिवक्ताहरू अमृत सुवेदी, बुद्धबहादुर थापासहित तीन जनाले बहस गरे ।
जाहेरवालाका तर्फबाट अधिवक्ता रमेश काफ्लेले बहस गरेका थिए । अब जाहेरवालाका बाँकी वकिलले बहस गरेपछि प्रतिवादीका तर्फबाट बहस हुने छ । त्यसपछि सरकारी वकिलले जवाफी बहस गर्ने छन् । अनि आदेश आउने छ ।