KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

प्रधान सशस्त्रमा तीन डीआईजी बढुवाको तयारी

प्रधान सशस्त्रमा तीन डीआईजी बढुवाको तयारी

काठमाडौं, २३ माघ । गृह मन्त्रालयले सशस्त्र प्रहरीमा रिक्त तीन नायब महानिरीक्षक (डीआईजी) मा बढुवाको तयारी गरेका छन् ।

एकसाथ तीन जनालाई बढुवा गर्न पाँच महिनादेखि रोकेर राखिएको थियो । मंगलबारदेखि डीआईजी किशोर प्रधान अवकास भएसँगै बढुवा गर्न लागिएको हो । गत भदौ १६ गतेदेखि नै अरु दुई जनाको दरबन्दी रिक्त भए पनि बढुवा नगरी रोकेर राखिएको थियो । डीआईजी किशोर प्रधान गतवर्ष नै चार वर्षे पदावधि पूरा भए पनि एक वर्ष थप गरिएको थियो । एक वर्षे पदावधि थपिएपछि पनि सेवामै रहन उनले एआईजीको दरबन्दी थपका लागि पहल गरेको थिए ।

तर दरबन्दी थप नभएपछि एआईजीमा बढुवा हुन सकेनन् र अनिवार्य अवकास हुन प¥यो । प्रधान ९ नं पशुपतिनाथ बाहिनीका बाहिनीपति थिए । यसअघि डीआईजी अभिकुमार खत्री र दुर्गाप्रसाद भट्टराई ३० वर्षे सेवा अवधिका कारण भदौमै अनिवार्य अवकाशमा गएका थिए । रिक्त तीन पदमा सशस्त्र प्रहरीमा भर्ना भएको पहिलो ब्याचबाट दुईजना र दोस्रो ब्याचबाट एकजनालाई बढुवा गर्ने तयारी छ। प्रतिस्पर्धामा भने अरु एसएसपी पनि देखिएको हो ।

नेपाल प्रहरीको प्राविधिकबाट आएका कृष्णराज पाठक सबैभन्दा सिनियर एसएसपी हो । तर उनलाई यसपटक पनि बढुवा गर्ने सम्भावना कम छ । यसअघि पनि बढुवामा छुट्दै आएका पाठक सशस्त्र प्रहरीको पहिलो ब्याच (सिसं १) भन्दा अगाडिका एसएसपी हुन्। कमान्ड क्षमतामा कमजोर रहेको भन्दै उनलाई यसअघि बढुवा गरिएको थिएन । सिसं १ का मनिष थापा र कृष्ण ढकाल डीआईजीमा बढुवा हुने बलियो सम्भावना हो ।

उनीहरूकै ब्याची पाँचजना डीआईजीमा बढुवा भइसकेका छन् । डीआईजी सुरेश श्रेष्ठ, अन्जनी पोख्रेल, दिपेन्द्र शाह, पुरुषोत्तम थापा र दिपक अधिकारी उनीहरूकै ब्याची हुन् । एसएसपी थापा र ढकालले पनि स्टाफ कलेज गरिसकेका छन । सशस्त्रमै भर्ना भएको टोलीका लागि डीआईजी बन्न स्टाफ कलेज अनिवार्य छ । यसअघि तीनपटकमा स्टाफ कलेज पास गरिसकेको हुनु पर्ने व्यवस्था थियो । तर एसएसपी ढकालले तीनपटकमा पनि स्टाफ कलेज पास नगरेपछि उनकै लागि व्यवस्था नै परिवर्तन गरेर ५ पटकसम्म स्टाफ कलेज दिन पाउने व्यवस्था मिलाइएको थियो।

त्यसपछि मात्रै ढकाल पास भएको थियो । अहिले उनीहरू दुईजनाको डीआईजी बन्ने सम्भावना बलियो छ । सिसं १ पछि एसएसपी प्रवीण कँडेल पनि डीआईजीका दाबेदार हुन्। नेपाल प्रहरीबाट आएका कँडेल पनि यसपटक डीआईजीमा बढुवा हुने सम्भावना भने कम छ । सिसं २ कै विष्णु भट्ट, दिग्विजय सुवेदीलगायत पनि डीआईजीका प्रतिस्पर्धी हुन्। तर मनिष थापा, कृष्ण ढकाल र दिपेन्द्र कुँवर बढुवा हुँदा अरु छुट्नेछन् ।

Facebook Comment

Related Posts

कतारको एलएनजी केन्द्रमा विस्फोट, १८ जना बेपत्ता

कतारको एलएनजी केन्द्रमा विस्फोट, १८ जना बेपत्ता

रास्वपामा नामावली सच्याउने चटारो, बन्दसत्र अझै सुरु भएन

रास्वपामा नामावली सच्याउने चटारो, बन्दसत्र अझै सुरु भएन

प्रतिशोध होइन, विकासको राजनीति गर्छौं : बालेन शाह

प्रतिशोध होइन, विकासको राजनीति गर्छौं : बालेन शाह

‘हामी लेफ्ट वा राइट होइनौँ, विकासवादी पार्टी हौँ’ : बालेन शाह

‘हामी लेफ्ट वा राइट होइनौँ, विकासवादी पार्टी हौँ’ : बालेन शाह

बालेनप्रति रविको विश्वास : ‘गोल हान्ने समय अब उहाँको’

बालेनप्रति रविको विश्वास : ‘गोल हान्ने समय अब उहाँको’

संविधान संशोधनमा ध्यान दिन उपेन्द्रको आग्रह

संविधान संशोधनमा ध्यान दिन उपेन्द्रको आग्रह

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar