काठमाडौँ, २३ माघ । सभामुख देवराज घिमिरेले आज बुधवार दलका प्रमुख सचेतकहरूसँग छलफल गर्ने भएको हो ।
अध्यादेश लगायतका विषयमा छलफल गर्न आज दिउँसो ३ बजे प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकलाई बोलाइएको छ ।
हदरबारमा हुने छलफलमा बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठकको एजेन्डाबारे पनि छलफल हुने बताइएको हो । प्रतिनिधिसभाको बैठक भोलि दिउँसो १ बजेका लागि बोलाइएको छ ।