काठमाडौं, २१ माघ । आज माघ शुक्ल पञ्चमी अर्थात् श्रीपञ्चमी। विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजाआराधना गरी मनाइँदै छ ।
आजका दिन विद्यार्थीले सरस्वतीको पूजाअर्चना गर्छन् भने विद्यालय गएका साना बालबालिकालाई अक्षर लेख्न सिकाउने चलन छ । किनकि सरस्वतीको पूजाका दिन आज अक्षरारम्भ गराए विद्या आउने विश्वास गरिन्छ ।
यसै क्रममा आज बिहान काठमाडौँको स्वयम्भूस्थित सरस्वती मन्दिर पुग्दा भित्ताभरि नेपाली र अंग्रेजी अक्षर लेखिँदै थिए । बालबालिकादेखि वृद्धवृद्धासम्म चकले भित्तामा आफ्नो नाम लेखेर रमाइरहेका थियो ।
ससाना बालबालिकाकालाई अभिभावकले हात समातेर अक्षर लेख्न सिकाउँदै थिए ।