जनकपुर, २० माघ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले अहिले संविधान संशोधनको बहस हुन छोडेको बताएका छन् ।
जनकपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेस र नेकपा एमालेले सरकार बताउँदा ताका सात बुँदे सहमतिमा संविधान संशोधनको बुँदा राखेपनि अहिले छलफल नै हुन छोडेको गुनासो गरेका छन ।
नेता निधिले संविधान संशोधनको लागि दुई तिहाइ आवश्यक रहेको भएपनि कानुन निर्माण र संशोधनका लागि बहुमत भए पुग्ने बताए । नेता निधिले संविधान संशोधन र कानुन निर्माण पनि उत्तिकै आवश्यक रहेको पनि बताएका छन ।