महोत्तरी, २० माघ, । महोत्तरीमा एक महिलाको विभत्स हत्या भएको छ ।
गौशाला नगरपालिका वडा नं ८ का अभिषेक यादवका श्रीमती १९ वर्षीया खुश्बु यादवको धारिलो हतियार प्रहार गरेर हत्या भएको छ ।
महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल जैसवारका अनुसार हत्या भएको अवस्थामा खुश्बुको शव गौशाला नगरपालिका वडा नं ५ मा विद्युत् प्राधिकरण कार्यालयको ५ सय मिटर उत्तर खेतमा फेला परेको छ ।
शनिवार राति घरबाट निस्केकी खुश्बुको शव आज बिहान धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा फेला परेको हो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।