जनकपुर, १९ माघ । भारतको महाकुम्भ मेलाबाट जनकपुर फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु भएको छ भने दुर्घटनामा परेर ४ जना घाइते भएका छन् र ती सबै जनकपुरका हुन् ।
शनिबार भारतको मुजफ्फरमा भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको भारतीय संचारमाध्यमहरूले बताएका छन् । मृत्यु हुनेहरुमा मन्तारण देवी, बालकृष्ण झा, अर्चना ठाकुर, इन्दुदेवी र एक ड्राइभर रहेको बताइएको हो ।
त्यस्तै सृष्टि ठाकुर, कामिनी झा र मनोहर ठाकुर घाइते भएका छन् । बाइकलाई बचाउन खोज्दा स्कारपियो अनियन्त्रित भइ ५ पटक सडकमा पल्टिएको थियो भने दुर्घटनाका बेला स्कारपियोको गति एक सय किलोमिटर प्रतिघण्टा थियो ।