काठमाडौँ, १९ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा अध्यक्ष उपेन्द्र यादवद्वारा प्रस्तुत एजेण्डामाथि छलफल भएको छ ।
शनिबारको बैठकमा ३४ सदस्यीय कार्यकारिणी समिति सदस्यहरूले अध्यक्षद्वारा प्रस्तुत एजेण्डामाथि आफ्नो धारणा राखेको पार्टीका प्रचार विभाग प्रमुखले जनाएको छ ।
बैठकमा ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ को समीक्षा, वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक कार्ययोजनालगायतका एजेण्डामा छलफल भएको बस्नेतले बताएका छन् भने बैठक आइतबार सम्म चल्नेछ ।